बजारमा पाइने प्याकेट जुस स्वास्थ्यको लागि कति सही ?

काठमाडौं । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ । फलहरूमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, क्लोरिन, जिङ्क, सेलेनियम जस्ता पोषक तत्त्वहरू पाइन्छ । फलहरूमा पोषक एन्टिअक्सिडेन्टहरू हुन्छन्, […]

Sep 14, 2024 - 10:04
 0
बजारमा पाइने प्याकेट जुस स्वास्थ्यको लागि कति सही ?

काठमाडौं । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ ।

फलहरूमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, क्लोरिन, जिङ्क, सेलेनियम जस्ता पोषक तत्त्वहरू पाइन्छ ।

फलहरूमा पोषक एन्टिअक्सिडेन्टहरू हुन्छन्, जुन रस बनाउँदा कम हुन्छ । पेटको लागि फलहरूको सेवन आवश्यक छ किनभने तिनमा फाइबरको मात्रा बढी हुन्छ । तर, बजारबाट ल्याएको प्याकेटवाला जुस पिउनु शरीरको लागि कतिको सही हो ? यसबारे जानौँ ।

प्याकेट जुस पिउँदा हुने नोक्सानहरू:

ग्यासको समस्या

बजारमा पाइने प्याकेट जुस धेरै पिउँदा ग्यासको समस्या हुन सक्छ । प्याकेटमा हुने जुसमा प्रिजर्वेटिभ्स हुन्छन्, जसले शरीरमा बोसो बढाउँछ र नर्वस सिस्टममा पनि नराम्रो असर पार्छ ।

पोषक तत्त्वको कमी

बजारमा पाइने जुसमा पोषक तत्त्वहरू कम हुन्छ । बाहिरको जुस पिउँदा हाइजिनको समस्या हुन सक्छ । बाहिरको जुसमा फ्लेवर र पानी मिसाइएको हुन सक्छ, जसले पोषक तत्त्वहरू घटाउँछ ।

फाइबरको कमी

जुसमा फलको रेसा नहुने भएकाले फाइबरको मात्रा कम हुन्छ । फलको जुसमा भिटामिन, मिनरल्स र भिटामिन सीको सीमित मात्रा हुन्छ र प्याकेट जुसमा अतिरिक्त चिनी मिसाइएको हुन्छ जसले तौल बढाउँछ ।

स्वास्थ्य समस्याहरू

प्याक गरिएका स्याउ, सुन्तला र अङ्गुर जस्ता फलको जुस धेरै पिउँदा मुटुको समस्या हुन सक्छ । एक दिनमा १०० मिलिलिटर भन्दा बढी जुस पिउनु हुँदैन । तसर्थ, बजारमा पाइने प्याकेट जुसको सट्टा ताजा फलफूलको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register