सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार

काठमाडौँ । काठमाडौँ महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ । पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो । महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ […]

Sep 5, 2024 - 12:04
 0
सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार

काठमाडौँ ।

काठमाडौँ महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ ।

पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो ।

महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ । सोही नियम अनुसार संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका बखत व्याजसहित तुरुन्त फिर्ता दिनु पर्ने व्यवस्था छ ।

सूचनामा भनिएको छ- ‘यसै सम्बन्धमा बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो दिनानुदिन दिन बढ्दै गएकाले त्यहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरूबाट बचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो देहायका कागजात सहित दर्ता गरी यसैसाथ संलग्न ढाँचाको पत्र संस्थालाई जारी गरिदिनु हुन अनुरोध छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register