बिहीबार १२.१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Sep 5, 2024 - 11:45
 0
बिहीबार १२.१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ५० लाख ९९ हजार ९ सय ४७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ।

त्यस्तै, बिहीबारको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register