सभामुखद्वारा नवनिर्मित संसद् भवनको निरीक्षण… (फोटो-कथा)

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तिव्र इच्छा भएपनि प्रतिकुलताका कारण निर्माण कामहरु गर्न एकदमै गाह्रो भइरहेको […]

Sep 5, 2024 - 12:57
 0
सभामुखद्वारा नवनिर्मित संसद् भवनको निरीक्षण… (फोटो-कथा)

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् ।

भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तिव्र इच्छा भएपनि प्रतिकुलताका कारण निर्माण कामहरु गर्न एकदमै गाह्रो भइरहेको उल्लेख गरेका छन् । उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको चिन्ता व्यक्त गरेका छन् ।

सभामुख घिमिरेसँगै संसद् भवनको निरीक्षण तथा अनुगमनमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी थिइन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register