तीजमा व्रतालुले के गर्ने, के नगर्ने ?

काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व तीज भाद्र महिनाको शुक्ल तृतीया तिथिमा मनाइन्छ । यस दिन विवाहित महिला र अविवाहित महिला व्रत बस्ने चलन छ । मान्यता छ कि यो व्रत विवाहितले श्रीमान्‌को लामो आयुका लागि राख्छन् भने अविवाहितहरूले राम्रो वर प्राप्तिका लागि राख्छन् । हरितालिका तीजको अवसरमा भगवान शिव र माता पार्वतीको पूजा गर्दा […]

Sep 5, 2024 - 13:01
 0
तीजमा व्रतालुले के गर्ने, के नगर्ने ?

काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व तीज भाद्र महिनाको शुक्ल तृतीया तिथिमा मनाइन्छ । यस दिन विवाहित महिला र अविवाहित महिला व्रत बस्ने चलन छ । मान्यता छ कि यो व्रत विवाहितले श्रीमान्‌को लामो आयुका लागि राख्छन् भने अविवाहितहरूले राम्रो वर प्राप्तिका लागि राख्छन् ।

हरितालिका तीजको अवसरमा भगवान शिव र माता पार्वतीको पूजा गर्दा श्रद्धालुहरूको सबै मनोकामना पूरा हुन्छ र सधैँ कृपा पनि रहन्छ भन्ने विश्वास गरिन्छ ।

परम्परागत मान्यता

पार्वतीले भाद्र महिनाको शुक्ल तृतीया तिथिमा शिवको प्राप्तिका लागि २४ घण्टा निर्जला व्रत राखेर माटोको शिवलिंग बनाएर कठोर साधना गरेकी थिइन् । यसबाट प्रसन्न भएर शिवले पार्वतीलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरेका थिए भन्ने मान्यता छ ।

के गर्ने ?

तीजका व्रतालुले पहिलो दिन रातको ११ बजेभन्दा पहिला नै भोजन गरिसकेपछि भोलिपल्ट बिहान उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय मान्यता छ । स्नान सकेपछि चोखो कपडा लगाउने र मनलाई चोखो, शान्त राख्नुपर्छ । यसदिन नाचगान गर्ने र तीजको व्रतकथा सुन्ने पनि गर्नुपर्छ ।

साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । पूजाकोठा वा मन्दिरमा वा पवित्र ठाउँमा गई घरपरिवारमा नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्म जन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै सङ्कल्पपूर्वक दियो, कलश र गणेशको पूजा गर्नुपर्ने मान्यता छ ।

के गर्नु हुँदैन ?

तीजको दिन व्रत बस्ने महिलाहरूले विवाद गर्नुहुँदैन, झूट बोल्नुहुँदैन, कालो कपडा र धेरै चुरा लगाउनुहुँदैन, सिन्दूरको अपमान गर्नुहुँदैन र तीज माताको पूजा गर्नुपर्छ, जसले आँटेको काम पूरा हुने र घर परिवारमा सुख समृद्धि आउने शास्त्रीय मान्यता छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register