रूसी राष्ट्रपति पुटिनले मुस्कुराउँदै भने – हामी ह्यारिसलाई समर्थन गर्छौं

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन गर्ने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्नेगरेको पाइन्छ । गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली ‘विग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए । एएफपीका अनुसार रूसको भ्लादिभोस्तोकमा […]

Sep 6, 2024 - 01:29
 0
रूसी राष्ट्रपति पुटिनले मुस्कुराउँदै भने – हामी ह्यारिसलाई समर्थन गर्छौं

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन गर्ने बताएका छन् ।

पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्नेगरेको पाइन्छ । गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली ‘विग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए ।

एएफपीका अनुसार रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले मुस्कुराउँदै भने – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ । हामी उहाँ (ह्यारिस) लाई समर्थन गर्छौँं ।

रूसी नेता पुटिनले ह्यारिसको मुस्कानले उनको सबै कुरामा सही छिन् भन्ने देखाउने उल्लेख गरे । ‘पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उनी यस्ता कार्यबाट टाढै रहनेछिन्,’ उनले भने ।

गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भनेका थिए । पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो ।

यसै सन्दर्भमा रूसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ । वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register