अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज मनाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष चाड तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तिकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष […]

Sep 6, 2024 - 04:41
 0
अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज मनाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष चाड तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तिकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले महिलाको त्याग, समर्पण र इमान्दारिताको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तिकरणको प्रतीकका रुपमा मनाउन थालिएको उल्लेख गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन् – दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुख दुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाहरुको विशेष सांस्कृतिक पर्व हो। धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्दछ।

तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरुप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन उनले सबैलाई अनुरोध समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register