आज हरितालिका तीज; शिवालयमा व्रतालुको घुइँचो (तस्वीरहरु)

काठमाडौँ। आज भाद्र शुक्ल तृतीया। देशभरका हिन्दु नारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाउँदै छन्। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत […]

Sep 6, 2024 - 04:49
 0
आज हरितालिका तीज; शिवालयमा व्रतालुको घुइँचो (तस्वीरहरु)

काठमाडौँ। आज भाद्र शुक्ल तृतीया। देशभरका हिन्दु नारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाउँदै छन्।

आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

हरितालिकाको यस्तो छ व्रत कथा –

पार्वतीका पिता हिमालयले उनको इच्छा विपरीत भगवान् विष्णु सँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो समस्या साथीहरूलाई सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसिन् र महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती, साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको भन्ने जनविश्वास समेत रहेको छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। यसरी यस दिनलाई हरितालिका समेत भनिँदै आइएको छ।

तस्बिरमा हरितालिका तिजमा गोकर्णेश्वर महादेवमा भगवान् शिवको पूजा आराधना गर्दै श्रद्धालुहरू :-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register