बर्दियामा गैँडाले हानेर गाइडको ज्यान गयो, अमेरिकी नागरिक घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–६ मा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको […]

Sep 6, 2024 - 08:31
 0
बर्दियामा गैँडाले हानेर गाइडको ज्यान गयो, अमेरिकी नागरिक घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–६ मा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ ।

वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो ।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । अर्का घाइते वनपाले हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register