आन्तरिक सर्कुलर जारी गरेपछि प्रधानमन्त्री ओलीका फलोअर्स विस्तारै बढ्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबूक पेजमा फलोअर्सको संख्या विस्तारै बढ्न थालेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो अभियान चलाउँदा ७५ हजारभन्दा धेरै फलोअर्स घटेका थिए । तर, एमालेले अध्यक्ष ओलीको फेसबूक पेजमा फलो गर्न आन्तरिक सर्कुलर नै जारी गरेपछि फलोअर्स विस्तारै बढ्दै गएको हो । शुक्रबार दिउँसोसम्म […]

Sep 6, 2024 - 08:27
 0
आन्तरिक सर्कुलर जारी गरेपछि प्रधानमन्त्री ओलीका फलोअर्स विस्तारै बढ्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबूक पेजमा फलोअर्सको संख्या विस्तारै बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो अभियान चलाउँदा ७५ हजारभन्दा धेरै फलोअर्स घटेका थिए ।

तर, एमालेले अध्यक्ष ओलीको फेसबूक पेजमा फलो गर्न आन्तरिक सर्कुलर नै जारी गरेपछि फलोअर्स विस्तारै बढ्दै गएको हो ।

शुक्रबार दिउँसोसम्म ओलीको पेजलाई ५ लाख ९२ हजारले फलो गरेका छन् ।

यसअघि मंगलबार साँझदेखि बालेनका समर्थकले अनफलो अभियान चलाउँदा ओलीका फलोअर्सको संख्या ६ लाख ६६ हजारबाट बिहीबार बिहानसम्म ५ लाख ८९ हजारमा झरेको थियो ।

बिहीबार दिउँसोदेखि ओलीका फलोअर्सको संख्या क्रमश बढ्दै गएको हो ।

गत मंगलबार बालेनको एउटा स्टाटसलाई फेसबूकले हटाइदिएपछि समर्थकले ओलीलाई अनफलो अभियान चलाएका थिए ।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर, कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए । सो स्टाटस मंगलबार उनको फेसबूक पेजबाट हटेको थियो ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register