प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न – महान् जनयुद्धै थियो भने किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनयुद्ध महान् नै थियो भने किन छोडेर आएको’ भन्दै प्रश्न गरेका छन् । २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरुले त्यसलाई महिमा […]

Sep 7, 2024 - 07:23
 0
प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न – महान् जनयुद्धै थियो भने किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनयुद्ध महान् नै थियो भने किन छोडेर आएको’ भन्दै प्रश्न गरेका छन् ।

२१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ? त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जुन भइसकेपछि त्यो फेल हुँदैन ।’

उनले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनीसमेत दिए ।

उनले भने, ‘बाटो बदल्नुपर्छ । मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने, बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register