रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजार घट्ने क्रम रोकिएको छैन । कारोबारको पहिलो दिन नै पहिरो गएको बजारमा चौथो दिन पनि राताम्मे छाएको छ । बुधबार सेयर बजार परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ को विन्दुमा पुगेको छ । आज ३१७ कम्पनीका ८७ हजार ३६ पटकको कारोबारमा १ करोड ५४ […]

Sep 11, 2024 - 10:59
 0
रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजार घट्ने क्रम रोकिएको छैन । कारोबारको पहिलो दिन नै पहिरो गएको बजारमा चौथो दिन पनि राताम्मे छाएको छ ।

बुधबार सेयर बजार परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ को विन्दुमा पुगेको छ । आज ३१७ कम्पनीका ८७ हजार ३६ पटकको कारोबारमा १ करोड ५४ लाख २८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

६५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये १० वटा राताम्मे भएका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register