कनकाईमा स्वर्णलक्ष्मीको इकाइगत साधारणसभा

कनकाई, २३ भदौ । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा सुरु भएको छ । संस्थाको इकाइ १ अन्तर्गत सुरुङ्गामा १५ औं साधारणसभा भएको हो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा [...] The post कनकाईमा स्वर्णलक्ष्मीको इकाइगत साधारणसभा appeared first on Jhapa Online.

Sep 8, 2024 - 05:32
 0
कनकाईमा स्वर्णलक्ष्मीको इकाइगत साधारणसभा

कनकाई, २३ भदौ । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा सुरु भएको छ ।

संस्थाको इकाइ १ अन्तर्गत सुरुङ्गामा १५ औं साधारणसभा भएको हो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष कृष्णमाया भुजेल, अतिथि कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, दोमुखा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव खगेन्द्रप्रसाद खनाल, कनकाई उद्योग वाणिज संघका कोषाध्यक्ष राजकुमार शाह, कनकाई–३ का पूर्व वडाध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

संस्थाको चार वटा सेवा केन्द्रमा पाँच हजार छ सय पाँच पुरुष, चार हजार तीन जना महिला र अन्य १३ गरी नौ हजार छ सय २१ जना सदस्य रहेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । सुरुङ्गा सेवा केन्द्रका सञ्चालक सदस्य कमल थपलियाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गर्नुभएको थियो ।

The post कनकाईमा स्वर्णलक्ष्मीको इकाइगत साधारणसभा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register