राष्ट्र निर्माणमा जस्तो बहस हुनुपर्छ, त्यो भएको छैन : परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राष्ट्र निर्माणका क्रममा हुनुपर्ने बहस नभइरहेको बताएका छन् । आइतबार आफ्नो फेसबूकमा उनले लेखेका छन्, “एउटा राष्ट्र निर्माण भइरहँदा जस्ता बहस, छलफल र संवाद हुन्छ/हुनुपर्छ, त्यो पनि भएको छैन । यो भएन त्यो भएन भनिएको छ तर, गर्ने के हो कसैलाई थाहा छैन,” उनले […]

Sep 8, 2024 - 07:47
 0
राष्ट्र निर्माणमा जस्तो बहस हुनुपर्छ, त्यो भएको छैन : परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राष्ट्र निर्माणका क्रममा हुनुपर्ने बहस नभइरहेको बताएका छन् ।

आइतबार आफ्नो फेसबूकमा उनले लेखेका छन्, “एउटा राष्ट्र निर्माण भइरहँदा जस्ता बहस, छलफल र संवाद हुन्छ/हुनुपर्छ, त्यो पनि भएको छैन । यो भएन त्यो भएन भनिएको छ तर, गर्ने के हो कसैलाई थाहा छैन,” उनले भनेका छन् ।

उनले मान्छेका शक्तिशाली चिन्तन-क्षमता विज्ञान र प्रविधिको बन्दी भएको उल्लेख गरेका छन् । “ज्ञान र अनुभवको निरन्तर सिँचाइले हिजोभन्दा आज फराकिलो, समान र न्यायपूर्ण हुनुपर्ने समाज, निराशावादी सामाजिक मनोविज्ञामा फसेको छ,” उनले भनेका छन्, ” यस्तो वैश्विक वातावरणमा, राजनीति सहज छैन तर, असम्भव भने होइन ।”

उनले यसबारे परसम्म सोच्नुपर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register