महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक महिलाको हत्या भएको छ गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको चेपमा हत्या गरिएको अवस्थामा एक युवतीको शव गत बिहीबार भेटिएको थियो । प्रहरीले बताएअनुसार ती युवतीले त्यही क्षेत्रमा मजदुरी गर्थिन् । अहिलेसम्म उनका परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् । प्रहरीले प्रेम सम्बन्धमा रहेका व्यक्तिले हत्या गरेको हुनसक्ने प्रारम्भिक आकलन गरेको […]

Sep 8, 2024 - 08:47
 0
महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक महिलाको हत्या भएको छ

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको चेपमा हत्या गरिएको अवस्थामा एक युवतीको शव गत बिहीबार भेटिएको थियो ।

प्रहरीले बताएअनुसार ती युवतीले त्यही क्षेत्रमा मजदुरी गर्थिन् । अहिलेसम्म उनका परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

प्रहरीले प्रेम सम्बन्धमा रहेका व्यक्तिले हत्या गरेको हुनसक्ने प्रारम्भिक आकलन गरेको छ ।

घटनामा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान अगाडि बढिरहेको प्रहरीले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register