दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाडौँ । दराज नेपालले स-गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्नेछन् । भाद्र २४ गतेदेखि भाद्र २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य […]

Sep 8, 2024 - 08:59
 0
दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाडौँ । दराज नेपालले स-गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्नेछन् ।

भाद्र २४ गतेदेखि भाद्र २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म नि:शुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स-एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । त्यस्तै, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो । दराज नेपालको ९.९ अभियान बारे थप जानकारीको लागि https://www.daraz.com.np मा गएर हेर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register