रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २७ सयमा सीमित

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २५ दशमलव ४६ अंकले घटेर २७०१ को विन्दुमा पुगेको छ । आइतबार ३२८ कम्पनीका १ लाख १२ हजार ३ सय पटकको कारोबारमा २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ […]

Sep 8, 2024 - 10:43
 0
रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २७ सयमा सीमित

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २५ दशमलव ४६ अंकले घटेर २७०१ को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका १ लाख १२ हजार ३ सय पटकको कारोबारमा २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ भने ३ वटाको स्थिर रहेको छ । ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरू झुम्मिएका छन् । १३ उपसमूहमध्ये म्युचुअल फण्ड, निर्माण कम्पनी र माइक्रोफाइनान्स सामान्य बढ्दा १० वटा उपसमूह राताम्मे भएका छन् ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६३ अंकले घट्दा फ्लोट इन्डेक्स २ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २५ अंकले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register