‘हरिबहादुरको जुत्ता’ नामको फिल्म बन्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश सपुत

काठमाडौं । हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्य र गायक तथा सर्जक प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् । ‘हरिबहादुरको जुत्ता’ भनेको अभिनेताकै कथामा घुमेको फिल्म हो । सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास बोर्डमा दर्ता भएको […]

Sep 4, 2024 - 14:05
 0
‘हरिबहादुरको जुत्ता’ नामको फिल्म बन्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश सपुत

काठमाडौं । हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्य र गायक तथा सर्जक प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ ।

फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् । ‘हरिबहादुरको जुत्ता’ भनेको अभिनेताकै कथामा घुमेको फिल्म हो ।

सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास बोर्डमा दर्ता भएको छ ।

फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो’, हरिवंशले भने, ‘सरोज ओलीभाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

कला क्षेत्रमा पुराना ओली फिल्म निर्माणमा भने नयाँ हुन् । हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफू फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो ।

तीनैजनाले यस अघिसँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ ।
‘म सानैदेखि हरिवंशदाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ’, प्रकाश भन्छन्, ‘सङ्गीतमा फिल्मको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register