खादासमेत खोस्ने प्रहरी दशौं लाख खर्च गरेर बनाउँछ ‘आत्मस्तुति’को गीत !(भिडिओसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको खादा खोसिएको घटनाले सामाजिक सञ्जालमा उग्र चर्चा पाउँदा नेपाल प्रहरीले भने आफ्नो ‘आत्मस्तुति’ दर्शाउने गीत सार्वजनिक गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएका बर्दीधारी प्रहरीले दुर्व्यवहारपूर्ण तरिकाले एक यात्रुले लगाइरहेको खादा खोस्न खोजेको भिडिओको आलोचना भइरहँदा प्रहरीले आफूले नागरिकप्रति गरेको सेवाभाव समेटिएको गीतको भिडिओ सार्वजनिक गरेको हो । प्रहरीले […]

Sep 8, 2024 - 11:47
 0
खादासमेत खोस्ने प्रहरी दशौं लाख खर्च गरेर बनाउँछ ‘आत्मस्तुति’को गीत !(भिडिओसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको खादा खोसिएको घटनाले सामाजिक सञ्जालमा उग्र चर्चा पाउँदा नेपाल प्रहरीले भने आफ्नो ‘आत्मस्तुति’ दर्शाउने गीत सार्वजनिक गरेको छ ।

विमानस्थल सुरक्षार्थ खटिएका बर्दीधारी प्रहरीले दुर्व्यवहारपूर्ण तरिकाले एक यात्रुले लगाइरहेको खादा खोस्न खोजेको भिडिओको आलोचना भइरहँदा प्रहरीले आफूले नागरिकप्रति गरेको सेवाभाव समेटिएको गीतको भिडिओ सार्वजनिक गरेको हो ।

प्रहरीले आफ्नो प्रशंसामा बनाएको महङ्गो गीत र म्युजिक भिडिओमा चर्चित कलाकारहरूले स्वर दिएका छन् र अभिनय गरेका छन् ।

‘हर गाउँ हर नगरी, फूलको बास्ना सरी, नागरिकलाई मानी सर्वोपरि हर पल हर घडी जन-जनको लागि खट्छ नेपाल प्रहरी’ बोलको गीतमा कलाकार रमेश उप्रेती, प्रकाश सपूत, प्रियङ्का कार्की, र बेनिशा हमालको अभिनय देखिन्छ ।

प्रहरीले एकातिर विमानस्थलमा यात्रुको खादा खोस्ने भिडिओले आलोचना खेपिरहेको बेला अर्कोतिर सार्वजनिक गरिएको गीतमा प्रहरीलाई जनताको सेवामा खटिएको भनेर देखाइएको छ ।

बहुप्रतिभाशाली प्रहरी अधिकृत डीआइजीपी दानबहादुर कार्कीले लेखेको गीतलाई सङ्गीतकार दीपक शर्माले सङ्गीत दिएका हुन् ।

गायक राजेशपायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेलले स्वर दिएका छन् । गम्भीर विष्टले निर्देशन गरेका भिडिओको स्टोरी र कन्सेप्ट सरोज ओलीको हो ।

तर, यस गीतलाई लिएर सर्वसाधारणले प्रहरीको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा आएको प्रतिक्रियामा भनिएको छ, “प्रहरीले लाखौं रुपैयाँ खर्च गरेर दर्जनौं चर्चित कलाकारलाई आफ्नो गीत गाउन र अभिनय गर्न लगाउँदा पनि सङ्गठनभित्रको आचरणगत समस्या सुधार्न गम्भीर नहुनु दुर्भाग्यपूर्ण छ ।”

नेपाल प्रहरीको आधिकारी युट्यूब च्यानलमै अर्को कमेन्ट छ, “आफ्नो लोकप्रियता बढाउन गीतमा देखाइएका दृश्यहरूभन्दा पनि प्रहरीको वास्तविक आचरण र कामले जनतामा भरोसा जगाउन सक्नुपर्छ ।”

विमानस्थलमा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादा किन खोस्छ प्रहरी ?

नागरिक सुरक्षा कि स्वार्थ रक्षा ?

प्रहरीले निकै हदसम्म आफ्नो दायित्व निर्वाह गर्ने प्रयत्न गर्दै आएकोमा दुईमत छैन । यसले प्रहरीप्रति जन-जनमा आकर्षण पनि छ ।

यद्यपि प्रहरी कार्यालयमा सेवा लिन आएका नागरिकहरूले सामना गर्ने विभिन्न समस्याहरूले सङ्गठनप्रतिको विश्वासमा खलल पुगेको नजरअन्दाज गर्नु हुँदैन ।

सङ्गठनको नीति त होइन, यद्यपि बेला-बेलामा व्यक्तिगत रूपमा कतिपय प्रहरी अधिकारीहरू विवादमा आइरहँदा विश्वासमा सङ्कट आइरहेका देखिन्छन् ।

प्रहरीले गीतमार्फत आफ्नो प्रचारभन्दा सङ्गठनमा आवद्ध कर्मचारीका आचरण र छवि सुधार्दै आफ्नो सेवालाई झनै नागरिकमैत्री बनाउनेतर्फ गम्भीर गृहकार्य गर्न आवश्यक रहेको भन्दै गीतमा प्रतिक्रिया आइरहेको छ ।

प्रहरी मुख्यालय आफैँले तयार पारेको प्रतिवेदन र यसले निकालेको निष्कर्षका आधारमा ‘प्रहरीको आम छवि सुधार्ने, आचरण जनमुखी बनाउनेतर्फ गृह प्रशासन गम्भीर’ बन्नुपर्छ ।

प्रहरीको मुख्य काम आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने हुन्छ । पाइला-पाइलामा प्रहरीको काम आम नागरिकसँगै जोडिन्छ । यस्तो अवस्थामा आचरण र कामले जनतामा भरोसा जगाउने काम गरेमा दशौं लाख खर्च गरेर गीत बनाइरहनुपर्ला र ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register