प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन […]

Sep 6, 2024 - 14:55
 0
प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register