नक्कली डाक्टरले युट्युब हेर्दै अपरेसन गर्दा १५ वर्षीय किशोरको गयो ज्यान

बिरामीका परिवारले डाक्टरको भनाइ मानेर आवश्यक दुई लाख रुपैयाँ जम्मा गरे । पैसा हात पार्नसाथ डाक्टरले युट्युबमा देखिएका सर्जरीका भिडिओहरू हर्दै बिरामीको पेट चिर्न सुरु गरे ।

Sep 8, 2024 - 13:51
 0
नक्कली डाक्टरले युट्युब हेर्दै अपरेसन गर्दा १५ वर्षीय किशोरको गयो ज्यान

काठमाडौं । भारतको बिहार राज्यको सारण जिल्लामा एक डाक्टरले युट्युबको भिडिओ हेरेको भरमा अप्रेसन गर्दा बिरामीको ज्यान गएको छ । मढौरास्थित गणपति सेवा सदन अस्पतालमा उपचारका लागि गएका १५ वर्षीय किशोर गोलू साहले आफ्नो ज्यान गुमाउनु पर्यो‍ ।

पेटको असहनीय पीडा र उल्टीका कारण गोलूलाई आपत्कालीन रूपमा अस्पताल ल्याइयो । सिकारु डाक्टर अजित कुमार पुरीले तुरुन्तै पत्थरीको शंका गर्दै अपरेसन गर्नुपर्ने सल्लाह दिए ।

बिरामी किशोरका परिवारले डाक्टरको भनाइ मानेर आवश्यक दुई लाख रुपैयाँ त जम्मा गरे, तर तिनलाई थाहा थिएन कि डाक्टर पुरीसँग न त आवश्यक योग्यता थियो, न अनुभव ।

पैसा हात पार्नसाथ डाक्टर पुरीले बिरामीलाई बेहोश बनाइदिए । युट्युबमा देखिएका सर्जरीका भिडिओहरू हेरेर र बिरामीको पेट चिर्न सुरु गरे ।

जब अपरेसन सुरु भयो, त्यहाँ कुनै अनुभवी डाक्टरको उपस्थिति थिएन । अजित कुमार मात्रै थिए । केही नर्सले उनलाई सहयोग गरिरहेकी थिइन् ।

अपरेसन गर्ने क्रममा उनले बिरामीको पेट चिरे तर बाँकी प्रक्रिया बुझ्न सकेनन् । अपरेसन कोठाबाट बाहिर निस्किएका गोलूका बुवा चन्दन साहले मोबाइलमा भिडिओ हेर्दै अपरेसन गरिरहेको देखेर आश्चर्यमा परे । उनले डाक्टरलाई प्रश्न गर्दा उनले उल्टै झपार्दै भने, ‘डाक्टर म हुँ कि तिमी ?’

अपरेसन बीचमा नै जटिलता आएपछि, डाक्टर अजित कुमार पुरीले किशोरको अवस्था बिग्रिएको भन्दै आफैँ एम्बुलेन्स बोलाए । बिरामीलाई पटना अस्पताल लग्न भने । एम्बुलेन्समा डाक्टर अजित कुमार पनि सँगै गए ।

तर, अस्पताल नपुग्दै बिरामीको बाटैमा ज्यान गयो । बिरामी किशोरको मृत्यु डाक्टर भागे ।

बिरामीको ज्यान गएको घटनाले गाउँभरि आक्रोशको लहर फैलियो । परिवारले क्लिनिक सञ्चालक डाक्टर पुरीलाई नक्कली डाक्टर भएको आरोप लगाए । प्रहरीलाई खबर गरेपछि डाक्टरलाई हिरासतमा लिइयो । प्रारम्भिक अनुसन्धानले देखाएको छ कि डाक्टरसँग न अपरेसनको लागि आवश्यक प्रमाणपत्र थियो, न अनुमति नै ।

उनका सबै क्रियाकलापलाई गैरकानुनी मानिएको छ । उनलाई कडा कारबाहीको माग उठिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register