निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।  अर्थमन्त्री पौडेलले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको तर निजी क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको […]

Sep 1, 2024 - 08:29
 0
निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री पौडेलले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको तर निजी क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताएका छन् ।

‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ । निजी क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ । अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ ।’, अर्थमन्त्री पौडेलले भने, ‘सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला । तर अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ । गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ ।’ 

त्यस्तै, अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताएका छन् ।

‘अहिले अर्थतन्त्र दबाबमै छ । तरलता प्रर्याप्त भएतापनि, लगानी गर्ने आँट बढेको छैन् । आम उपभोक्ताहरुमा पनि निराशा छ । यस्तो समस्याहरु छन् । यस कारण सरकारले दुई तीनवटा कुरामा ध्यान दिएको छ ।’, उनले भने, ‘पहिलो कुरा अस्थिरताको प्रभाव हो । त्यसकारण राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिन सक्नुपर्छ भन्ने उद्देश्यको साथ सरकार बनेको छ ।’ 

चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलो र अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्षम भएको भन्दै अब स्थिरताको बाटोमा अगाडि बढ्नुपर्ने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register