‘कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीको तलब २५ पैसा पनि बढाउन नसकिने बताएका छन् । २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् । उनलेअ अहिले मुलुकको अर्थतन्त्रको अवस्था ठिक नभएको भन्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिने बताएका छन् । उनले यसअघि अर्थतन्त्र बलियो अवस्थामा हुँदा कर्मचारीको […]

Sep 8, 2024 - 14:11
 0
‘कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीको तलब २५ पैसा पनि बढाउन नसकिने बताएका छन् । २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् ।

उनलेअ अहिले मुलुकको अर्थतन्त्रको अवस्था ठिक नभएको भन्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिने बताएका छन् ।

उनले यसअघि अर्थतन्त्र बलियो अवस्थामा हुँदा कर्मचारीको तलब २५ प्रतिशतसम्म पनि वृद्धि गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा भने तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

बरु अर्थतन्त्र मजबुत भएको अवस्थामा भने तलब वृद्धि गर्न सकिने ओलीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register