रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

किएभ । गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो । युक्रेनी अधिकारीहरूले मृतकहरूमा […]

Sep 8, 2024 - 14:39
 0
रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

किएभ । गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ ।

सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।

युक्रेनी अधिकारीहरूले मृतकहरूमा कति सैनिक वा नागरिक थिए भन्नेबारेमा बताएको छैन । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भने, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीन जनाको अस्पतालमा मृत्यु भएको छ, मृतकको सङ्ख्या बढेर ५८ पुगेको छ ।”

उक्त आक्रमणको किएभका अन्तर्राष्ट्रिय समर्थकहरूले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्टहरू बाहिरिएपछि किएभमा केही आक्रोश बढेको छ ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्‍याका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register