पत्रकारिता छाडेर जनसेवामा समर्पित वाग्ले

झापा, २३ भदौ । पत्रकारिता छोडेर राजनीतिमा आएका बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले आफ्नो कार्यकाल सफल बनाउन लागि परेका छन् । आफूलाई नागरिकको सेवक ठान्ने वडाध्यक्ष वाग्ले आफ्नो मुख्य लक्ष्य दीर्घकालीन योजना कार्यान्वयन गराउनु रहेको बताउँछन् । कार्यकाल सकिए पनि आफ्नो पालामा के–के काम भए भन्ने पछिसम्म देखिनुपर्छ भन्दै उनले आफू दीर्घकालीन योजनामा केन्द्रित [...] The post पत्रकारिता छाडेर जनसेवामा समर्पित वाग्ले appeared first on Jhapa Online.

Sep 8, 2024 - 17:08
 0
पत्रकारिता छाडेर जनसेवामा समर्पित वाग्ले

झापा, २३ भदौ । पत्रकारिता छोडेर राजनीतिमा आएका बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले आफ्नो कार्यकाल सफल बनाउन लागि परेका छन् ।

आफूलाई नागरिकको सेवक ठान्ने वडाध्यक्ष वाग्ले आफ्नो मुख्य लक्ष्य दीर्घकालीन योजना कार्यान्वयन गराउनु रहेको बताउँछन् । कार्यकाल सकिए पनि आफ्नो पालामा के–के काम भए भन्ने पछिसम्म देखिनुपर्छ भन्दै उनले आफू दीर्घकालीन योजनामा केन्द्रित भएको बताए ।

वडा नम्बर–१ मा देखिने किसिमका तथा दीर्घकालीन कामहरु प्रशस्तै भएको स्थानीय बताउँछन् । वडाले बजेट विनियोजन तथा बजेट माग गर्दा दिगो विकास लक्ष्यलाई पछ्याउँदै माग गर्ने गरिएको र धेरै कामहरु भएको उनको भनाइ छ । तटबन्धन, झोलुङ्गे पुल, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, ऊर्जा, विद्युतीकरण, शान्ति सुरक्षा तथा कार्यालयगत प्रशासनिक कार्य लगायतका विषयलाई प्राथमिकतामा राखेको वडाले सिप विकासका योजनामा पनि धेरै वडावासीलाई समावेश गराएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा ८० लाख रुपैयाँ बराबरको तटबन्धनको काम भएको छ । बुधबारे पुलचोक उत्तर ५० लाख, दामा खोला मदन भण्डारी पुल उत्तर २५ लाख र विरीङको फोहोर व्यवस्थापन क्षेत्रमा ५ लाखको तटबन्धनको काम भएको छ । अघिल्लो आर्थिक वर्षमा विरीङ पुल, दामा पुल र हँडिया पुल क्षेत्रमा व्यवस्थित तटबन्ध भएको छ ।

सोही आर्थिक वर्षमा अधेँरी खोलामा ट्रस्ट पुल निर्माण भएको छ भने दामा खोलामा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । त्यस्तै विरीङ खोलाको भोटेटारबाट अर्जुनधाराको माटे जोड्ने झोलुङ्गे पुल डीपीआर सम्पन्न भएर चालू आवमा बजेट समेट सुनिश्चित भएको छ । वडा १, ४ र ७ जोड्ने गरी वडाका सीमा क्षेत्रमा पनि झोलुङ्गे पुल निर्माण हुने गरी कार्य अघि बढेको अध्यक्ष वाग्लेले बताए ।

आर्थिक वर्ष २०८०–०८१ मा ११ सय ६५ मिटर सडक कालोपत्रे तथा पेभर्स लगाइएको छ । शहीद रामप्रधान मार्गको भोटेटार दामाटार क्षेत्र, चम्लागाईं चोक–होक्से सडक, खानेपानी ट्याङ्की–गलान गाउँ जाने सडक तथा बुधबारे बजारभित्र कालोपत्रे तथा पेभर्सको काम गरिएको छ ।

वाग्लेले वडाको नेतृत्व सम्हाले यता करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । चालू आवमा कालोपत्रे तथा पेभर्स लागि २ करोड २५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

वडाको लगानीमा नमूना आधारभूत विद्यालय, त्रिभुवन मावि र बुद्धआदर्श माविमा २ महिने क्लोज क्याम्प सञ्चालन भएको थियो भने नमूना आविमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य तथा गायन र त्रिभुवन माविका विद्यार्थीलाई क्षमता विकास तालिम प्रदान गरिएको थियो ।

आव २०८०÷०८१ म सयभन्दा बढी विपन्न तथा दीर्घरोगी परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिएको थियो भने किसानको एक सय रुपैयाँ र वडाको ३ सय रुपैयाँको साझेदारीमा पशुपालक किसानका गाई तथा भैँसीको कृत्रिम गर्भाधान सेवामा सहुलियत प्रदान गरिएको छ ।

२९ परिवारलाई गोवरग्यास प्लान्ट जडानमा अनुदानको कार्यक्रम ल्याइएको थियो जसले किसानको ऊर्जामा आउने खर्चमा कटौती भएको थियो । २ सयभन्दा बढी परिवारलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरिएको थियो । २ सयभन्दा बढी वडावासीलाई निःशुल्क झोला बनाउने, चुरापोते बनाउने, ड्राइभिङ, कम्प्युटर, प्लम्बिङ, कृषि औजार मर्मत, एडभान्स अंग्रेजी कक्षा तालिमको आयोजना गरिएको थियो । विद्युतीकरण, सडक मर्मत, सडकवत्ती जडान लगायतका धेरै कामहरु वडामा भएको वडाध्यक्ष वाग्लेले जानकारी दिए ।

भौतिक विकास अन्तर्गत होक्से चोक पूर्व सडकमा वाल निर्माण, डुम्रिवोटे क्षेत्र सडक वाल निर्माण, बुधबारे स्कूल पछाडि, इलामेली टोल, चिउरा मिल क्षेत्रमा क्यानल निर्माण गरिएको थियो । साझेदारी कार्यक्रम अन्तर्गत गिद्धेसुब्बा पैनी मुहान मर्मत, हेमु भट्टराईको घर छेउको सडकमा ड्रेन निर्माण, गणेश मन्दिरमा शौचालय निर्माण गरिएको थियो ।

भोटेटार खेलमैदान स्तरउन्नति दामा अँधेरी पैनी क्यानल निर्माण, दामा अँधेरीमा कल्भर्ट निर्माण, देउराली गैरीगाउँ जाने बाटोमा कल्भर्ट निर्माण, विरीङ विश्रान्ति घाटमा स्नानघर निर्माण, होक्से चोक पूर्व सडकमा वाल निर्माण, डुम्रिवोट क्षेत्रको सडकमा वाल निर्माण, बुधबारे इलामेली टोल, बुद्धआदर्श मावि पछाडि, चिउरा मिल सडक, नमूना चोक उत्तर लगायतका ठाउँमा वाल निर्माण लगायतका कार्य भएका छन् ।

वडाका विभिन्न ५ मुख्य ठाउँमा सिसी टिभी जडान, ज्येष्ठ नागरिक भेटघाट चौतारीहरुमा ज्येष्ठ नागरिकका लागि चिया खाजाका लागि रकम व्यवस्थापन लगायतका कार्य पनि अघिल्लो आर्थिक वर्षमा भएका छन् । तीनतले पर्यापर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न प्रयासहरु भएका छन् । उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न त्यहाँपनि सामुहिक प्रयास भइरहेका छन् । तोरी उत्पादन, उन्नत जातको कटहरदेखि फलफूलका विरुवा वितरण गरेको वडामा कृषिलाई प्रविधिमा जोड्न २ सयभन्द बढी किसानलाई कृषि उपकरण प्रदान गरिएको छ ।

वडाले विकास निर्माणका साथै सेवा लिन आउने सेवाग्राहीलाई फारम भर्ने, निवेदन लेख्ने कार्यदेखि वडामा चाहिने कागजातको फोटोकपी सेवा पनि निःशुल्क गर्ने गरेको छ । शिक्षामा सिकाइ महत्वपूर्ण ठानेको वडाले क्लोज क्याम्पको आयोजना गरी कमजोर मानिएका वडाका ३ वटै सामुदायिक विद्यालयका जम्मा ९ ठाउँमा आधारभूत तहका विद्यार्थीलाई टोलटोलमै अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

जसले कमजोर विद्यार्थीको शिक्षण सिकाइ तथा नजितामा समेत सुधार भएको विद्यालयहरुले जनाएका छन् । ९ जना शैक्षिक वेरोजगारले अल्पकालीन रोजगारी पाएको वडाध्यक्ष वाग्लेले जानकारी दिए । विकास निर्माणका सवालमा वडाको सीमित बजेटले सवै क्षेत्र र पक्षलाई प्राथमिकीकरण गरी समान वितरणको अवधारणाले वडाका सम्पूर्ण क्षेत्रमा विकास निर्माणका कार्य गर्ने गरिएको वडाध्यक्ष वाग्लेले बताए । उनले बुद्धशान्ति वडा नम्बर –१ का काममा आफू सहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको साझा सोच, लगाव र सकृयता साथ जनताको काममा लागिरहेको बताए ।

चालू आर्थिक वर्षमा पनि विभिन्न जनमुखी कामका लागि वडाले रकम विनियोजन गरेको छ भने गाउँपालिका, प्रदेश र संघ मार्फत पनि प्रशस्तै बजेट प्राप्त भएका छन् ।

The post पत्रकारिता छाडेर जनसेवामा समर्पित वाग्ले appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register