सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ४ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको हो । आइतबार प्रधानमन्त्री ओली, नेपाली […]

Sep 9, 2024 - 02:47
 0
सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ४ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको हो ।

आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register