चीनको नयाँ हिट गेम ‘वुकोङ’ले मच्चायो तहल्का, ८३ घण्टामा १० मिलियन बिक्री

काठमाडौं । चीनको नयाँ हिट गेम ‘वुकोङ’ गेमिङले विश्वभर तहल्का मच्चाउको छ । यो गेम रिलिज भएको मात्र ८३ घण्टामा १० मिलियनप्रति बिक्री भएको छ । यो गेमिङ उद्योगको इतिहासमा सबैभन्दा छिटो बिक्री हुने खेलहरूमध्ये पहिलो हो । यो गेम टेनसेट होल्डिङ लिमिटेडद्वारा प्रवर्द्धित एवं हाङ्जाउस्थित गेम साइन्सद्वारा विकसित गरिएको हो । ‘वुकोङ’ एउटा एक्सन–एड्भेन्चर […]

Aug 28, 2024 - 03:23
 0
चीनको नयाँ हिट गेम ‘वुकोङ’ले मच्चायो तहल्का, ८३ घण्टामा १० मिलियन बिक्री

काठमाडौं । चीनको नयाँ हिट गेम ‘वुकोङ’ गेमिङले विश्वभर तहल्का मच्चाउको छ । यो गेम रिलिज भएको मात्र ८३ घण्टामा १० मिलियनप्रति बिक्री भएको छ । यो गेमिङ उद्योगको इतिहासमा सबैभन्दा छिटो बिक्री हुने खेलहरूमध्ये पहिलो हो ।

यो गेम टेनसेट होल्डिङ लिमिटेडद्वारा प्रवर्द्धित एवं हाङ्जाउस्थित गेम साइन्सद्वारा विकसित गरिएको हो । ‘वुकोङ’ एउटा एक्सन–एड्भेन्चर गेम हो, जुन चीनको प्रसिद्ध पौराणिक कथा मन्की वुकोङमा आधारित रहेको छ ।

गेमको कथा र थिम चीनका परम्परागत कथाहरू र ऐतिहासिक मन्दिरहरूबाट प्रेरित छ । यसको ग्राफिक्स र गेमप्ले उच्च स्तरको छ, जसले खेलाडीहरूलाई गहिरो अनुभव प्रदान गर्दछ ।

मङ्गलबार रिलिज भएपछिका शुक्रबार बेलुकासम्म यो गेमले १० मिलियनप्रति बेच्न सफल भएको छ । गेमले रिलिजको पहिलो दिनमै ‘स्टीम प्लेटफर्म’ मा सबैभन्दा लोकप्रिय सिंगल (प्लेयर गेमको उपाधि जित्यो, जसमा साइबरपङ्क २०७७ र एल्डेन रिङुजस्ता ठूला खेलहरूलाई पछि छाड्यो ।

वुकोङ बिक्री चीन र हङकङमा लगभग ४३८ र अमेरिकामा ४६० छ । गेमले पहिलो दिनमै नाफा कमाउन सुरु गरेको थियो र तीन दिनमा ४४५० मिलियनभन्दा बढीको सकल राजस्व आर्जन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register