परराष्ट्रमन्त्रीसँग छलफल गर्दै सांसद : राजदूत नियुक्तीमा समावेशीता किन भएन ?

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज परराष्ट्रमन्त्रीसँग छलफल गर्ने भएको छ। राजदूत सिफारिस समावेशी नभएको विषयमा समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ । राजदूत नियुक्तीमा समावेशीता किन भएन भन्ने विषयमा छलफल गर्न लागिएको समिति सदस्य ईश्वरी घर्तिले जानकारी दिइन् । राज्य व्यवस्था समितिको हलमा केहीबेरमा सुरु हुने संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री […]

Sep 9, 2024 - 05:59
 0
परराष्ट्रमन्त्रीसँग छलफल गर्दै सांसद : राजदूत नियुक्तीमा समावेशीता किन भएन ?

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज परराष्ट्रमन्त्रीसँग छलफल गर्ने भएको छ। राजदूत सिफारिस समावेशी नभएको विषयमा समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ ।

राजदूत नियुक्तीमा समावेशीता किन भएन भन्ने विषयमा छलफल गर्न लागिएको समिति सदस्य ईश्वरी घर्तिले जानकारी दिइन् । राज्य व्यवस्था समितिको हलमा केहीबेरमा सुरु हुने संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री डा आरजू राणासँग छलफल हुनेछ ।

यसअघि पनि समितिले राजदूत सिफारिस समावेशी नभएको भन्दै मन्त्रीलाई बोलाएर छलफल गरेको थियो। त्यसबेला परराष्ट्र मन्त्री एनपी साउदले आगामी दिनमा राजदूत सिफारिस गर्दा यस विषयमा सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका थिए। तर यसपटक पनि राजदूत सिफारिस समावेशी हुन नसकेको भन्दै समितिमा उजरी परेको छ।

संसदीय सुनुवाइ समितिले साउन १६ गतेदेखि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिरहेको छ। १७ मध्ये १३ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकिइसकेको छ भने ४ देशका लागि प्रस्तावित राजदूतको सुनुबाइ बाँकी छ।

अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी, बेलायतका लागि प्रस्तावित चन्द्र कुमार घिमिरे, स्पेनका लागि प्रस्तावित सनिल नेपाल र श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको सुनुवाइ हुन बाँकी छ। समितिले बाँकी ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ २७ गते गर्ने र त्यसपछि सुनुवाइ सकिएका सबै राजदूतबारे समितिमा छलफल गरेर निर्णय सुनाइने बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register