चीनसँग फिलिपिन्सको द्वन्द्व बढ्दै

काठमाडौं । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आ-आफ्ना दाबी गरिरहेका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेको छ । गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोक्किएपछि भने अवस्था अझ बिग्रिएको छ । […]

Aug 29, 2024 - 12:03
 0
चीनसँग फिलिपिन्सको द्वन्द्व बढ्दै

काठमाडौं । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आ-आफ्ना दाबी गरिरहेका छन् ।

यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेको छ ।

गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोक्किएपछि भने अवस्था अझ बिग्रिएको छ । यस विषयमा फिलिपिन्स र चीनले एकअर्काविरुद्ध जहाज ठोक्काएको आरोप लगाएका छन् ।

यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरिरहेका छन् । यो फिलिपिन्सको पश्चिमी तटबाट ७५ माइल (लगभग १३८ किलोमिटर) र चीनबाट ६३० माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ ।

के भयो सबिना शोलमा ?

अगस्ट १९ मा सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोक्किएका थिए । यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि यो क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन् ।

चीनको तटरक्षकले फिलिपिन्सको जहाज जानाजानी ठोक्काएको आरोप लगाएको छ भने फिलिपिन्सले चिनियाँ जहाजले आक्रामक युद्धाभ्यास गरिरहेको जिकिर गरिरहेको छ ।

दुई देशबीच आइतबार फेरि द्वन्द्व बढेको छ । यस विषयमा फिलिपिन्स र चीनले एकअर्कालाई आरोप लगाइरहेका छन् । युरोपेली संघ, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले चीनको आलोचना गरेका छन् ।

फिलिपिन्सले सोमबार भनेको छ, ‘४० चिनियाँ जहाजले आफ्ना २ जहाजलाई टेरेसा म्याग्बुआना जहाजमा खाद्यान्न आपूर्ति गर्न रोके ।’

फिलिपिन्सले अप्रिलमा सबिनामा लामो समयसम्म राख्न टेरेसा म्यागबुआना जहाज पठाइएको बताएको छ । उता चीनले भने टेरेसा म्यागबुआना जहाज फिलिपिन्स सबिना कब्जा गर्न चाहन्छ भन्ने प्रमाण भएको बताएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले हालै दोस्रो विश्वयुद्धको जीर्ण जहाज दोस्रो थोमस शोलमा खडा गर्ने संकेत गरेको थियो । धेरै सैनिकहरू अझै पनि यहाँ तैनाथ छन् र त्यहाँ रासनको आवश्यकता छ तर, चीनले फिलिपिन्सलाई त्यसो गर्न अनुमति दिइरहेको छैन ।

सिन्ह्वाले भनेको छ, ‘२५ वर्षपछि पनि यो उस्तै छ । फिलिपिन्सले फेरि त्यसै गर्न खोजिरहेको छ तर, यसपटक चीनले धोका खाने छैन ।’

फेरि बढ्यो तनाव

पछिल्ला महिनामा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भएका छन् । किनभने दुवै देशले दोस्रो थोमस शोल र स्कारबोरो शोलमा आआफ्नै दाबी गरिरहेका छन् ।

फिलिपिन्सले चीनले पानी तोप र लेजर प्रयोग गरेको आरोप लगाएको छ । साथै, चीन पक्षले आफ्नो जहाजमा चढेर सामान जफत गरेकाले झडप पनि भइरहेको उसको भनाइ छ ।

फिलिपिन्सले हालै आरोप लगाएको छ, ‘चिनियाँ तटरक्षक चक्कु र तरबार लिएर हाम्रो सैन्य जहाजमा चढे र हाम्रा सैनिकलाई धम्की दिए ।’

फिलिपिन्सका रक्षा प्रमुखले मंगलबार अन्तर्राष्ट्रिय समुदायलाई चीनविरुद्ध उभिन आह्वान गर्दै आफू अझ शक्तिशाली प्रतिद्वन्द्वीसँग लडिरहेको भनेका छन् । फिलिपिन्सले कसैको मृत्यु नभए पनि आफ्ना धेरै सैनिक घाइते भएको बताएको छ ।

यस्तै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले चीनका कारण कुनै सैनिकको मृत्यु भएमा यसलाई ‘एक्ट: अफ वार’ (युद्धका कार्य) का रूपमा हेरिने चेतावनी दिएका छन् ।

अर्कातर्फ चीन र फिलिपिन्सबीचको विवादले दक्षिण चीन सागरमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने भन्दै पर्यवेक्षकहरूले चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्र संघले कथित नाइन ड्यास लाइन (दक्षिण चीन सागरमा चीनले दाबी गर्ने रेखा)मा चीनको कुनै वैधता नभएको बताएको थियो । तर, चीनले यो निर्णय स्वीकार गरेको छैन । हालैका हप्तामा दुवै देशले द्वन्द्व कम गर्ने प्रयास गरेको राष्ट्र संघले बताएको छ ।

गत हप्ता चीन दोस्रो थोमस शोलमा फिलिपिन्सका चौकीमा खाद्यान्न र अन्य आपूर्ति गर्न सहमत भएको छ । तर, सबिना शोलमा भएको टकरावले भविष्यमा यस्ता प्रयास सफल होलान् भन्ने प्रश्न खडा गरेको छ ।

बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register