बाहुबली-२ र पठानलाई उछिन्यो स्त्री–२ ले

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री –२ः सरकते का आतङ्क’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । १५ अगस्टमा रिलिज भएको यस फिल्मको ओपनिङ धमाकेदार थियो । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिज भएको झन्डै एक महिना हुन लाग्दा पनि बक्स अफिसमा ‘स्त्री–२’ को पकड कायमै छ […]

Sep 9, 2024 - 08:11
 0
बाहुबली-२ र पठानलाई उछिन्यो स्त्री–२ ले

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री –२ः सरकते का आतङ्क’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

१५ अगस्टमा रिलिज भएको यस फिल्मको ओपनिङ धमाकेदार थियो । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

रिलिज भएको झन्डै एक महिना हुन लाग्दा पनि बक्स अफिसमा ‘स्त्री–२’ को पकड कायमै छ ।

अमर कौशिक निर्देशनमा बनेको यस फिल्मले आइतबार बक्स अफिसमा ‘बाहुबली–२’को हिन्दी भाषामा कमाइको कीर्तिमान तोडेको छ ।

सोमबार फिल्मले नयाँ रेकर्ड बनाएको छ । ‘स्त्री–२’ले शाहरुख खानको ‘पठान’लाई पनि उछिनेको छ ।

स्याकनिल्कको रिपोर्ट अनुसार ‘स्त्री २’को देशभरबाट कुल कलेक्सन ५२७ करोड भारु पुगेको छ ।

यो कलेक्सन शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको भन्दा बढी हो । पठानले ५२४ करोड ५३ लाख भारु कमाएको थियो ।

बक्स अफिसमा ‘स्त्री–२’ लाई प्रतिस्पर्धा दिन सक्ने फिल्म आएका छैनन् ।

अक्षय कुमारको ‘खेल खेल में’ ‘स्त्री२’ सँगै रिलिज भएको थियो । अक्षय कुमार, तापसी पन्नु, वाणी कपुरलगायत धेरै कलाकारहरूको अभिनय रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register