रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन । यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई […]

Sep 9, 2024 - 08:35
 0
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन ।

यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ ।

त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो ।

यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register