भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । सीपीएमका वरिष्ठ नेता पुण्यवतीले येचुरीको आज दिउँसो निधन भएको जानकारी दिए । पार्टीले जारी गरेको […]

Sep 12, 2024 - 12:11
 0
भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।

सीपीएमका वरिष्ठ नेता पुण्यवतीले येचुरीको आज दिउँसो निधन भएको जानकारी दिए ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सीताराम यचुरीलाई श्वासप्रश्वासको गम्भीर संक्रमण भएको थियो। चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो ।’

यचुरीले हालै मोतिबिन्दुको शल्यक्रिया पनि गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register