सरकारको न्यूनतम साझा कार्यक्रममा के-के विषय समेटिन्छन् ?

काठमाडौं । सरकारले ढिलोगरी न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि कार्यदल बनाएको छ । गठन भएको झन्डै दुई महिना पुग्न लाग्दा सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि चार सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत छन् भने नेकपा (एमाले) बाट उपमहासचिवद्वय प्रदीप […]

Sep 9, 2024 - 08:47
 0
सरकारको न्यूनतम साझा कार्यक्रममा के-के विषय समेटिन्छन् ?

काठमाडौं । सरकारले ढिलोगरी न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि कार्यदल बनाएको छ ।

गठन भएको झन्डै दुई महिना पुग्न लाग्दा सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि चार सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत छन् भने नेकपा (एमाले) बाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

न्यूनतम साझा कार्यक्रम जतिसक्दो चाँडै सार्वजनिक गर्ने कार्यदलका सदस्य डा. प्रकाशशरण महतले बताए । “ढिलो भइसकेको छ । अब थप ढिला नगरीकन जतिसक्दो चाँडै मस्यौदा तयार पार्छौँ,” महतले नेपालभ्युजसँग भने ।

सोमबार साँझ सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । उक्त बैठक न्यूनतम साझा कार्यक्रमबारे केन्द्रित हुनेछ । यो जानकारी दिँदै महतले अरु दललाई पनि समेट्ने कोसिस गर्ने बताए । “हामीले अरु दललाई पनि समेट्न कोसिस गर्नेछौँ । यो हामीले पहिल्यैदेखि नै भनिराखेका छौँ,” महतले भने, ।

महतका अनुसार कार्यक्रममा सुशासन, आर्थिक विकास, संविधान संशोधनलगायतका विषय मुख्य रूपमा समेटिनेछ । “यसबाहेक सरकारलाई कसरी अगाडि बढाउने, यस अवधिमा के-के काम गर्ने भन्ने विषयहरू समेटिनेछन् । मुख्य रूपमा यी नै हुन्,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register