इडब्ल्यूभीएल : भारतकी केपी अनुश्रीले चितवन शक्तिबाट खेल्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई अनुबन्ध गरेको हो । अनुश्री भारतकी युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा भित्र्याएको हो । यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र […]

Sep 11, 2024 - 12:19
 0
इडब्ल्यूभीएल : भारतकी केपी अनुश्रीले चितवन शक्तिबाट खेल्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई अनुबन्ध गरेको हो ।

अनुश्री भारतकी युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा भित्र्याएको हो ।

यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटवलको एभरेष्ट क्लबमा आबद्ध भई खेलेकी उनी क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभीएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन् । उनी नेपालको भलिबलसँग परिचित अनुहार हुन् ।

अनुश्री टिममा आबद्ध हुँदा टिम बलियो हुने र नेपाली भलिबल प्रेमी दर्शकका लागि पनि खेल रोमाञ्चक हुने आश गरेको छ ।

यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ ।

चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही टिमको मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register