नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, ५२ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपत्‌कालीन उद्धारका लागि काम गर्ने एक निकायले जनाएको छ । नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।” “पीएमएस (इन्धन) […]

Sep 9, 2024 - 11:19
 0
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, ५२ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपत्‌कालीन उद्धारका लागि काम गर्ने एक निकायले जनाएको छ ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।”

“पीएमएस (इन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि जलेका छन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ ।

इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register