अर्विन्द केजरीवाल चाँडै मुक्त हुनेछन् !

काठमाडौं । आम आम्दी पार्टी, आपले अर्विन्द केजरीवालविरूद्ध मदिरा नीति घोटाला अस्वीकार गरेको छ । आफ्नो पार्टीलाई ‘दृढ रूपमा इमानदार’ रहेको भन्दै आपले शनिबार सीबीआईको त्यो आरोप अस्वीकार गरेको हो । सिआईबीले पार्टीका प्रमुख अर्विन्द केजरीवालाई सुरुदेखि नै दिल्ली मदिरा नीतिको निर्माण र कार्यान्वयनको ‘अपराधिक षड्यन्त्रमा सामेल’ भनेको थियो। एक वक्तव्यमा, पार्टीले केन्द्र सरकारको नेतृत्व […]

Sep 8, 2024 - 02:47
 0
अर्विन्द केजरीवाल चाँडै मुक्त हुनेछन् !

काठमाडौं । आम आम्दी पार्टी, आपले अर्विन्द केजरीवालविरूद्ध मदिरा नीति घोटाला अस्वीकार गरेको छ । आफ्नो पार्टीलाई ‘दृढ रूपमा इमानदार’ रहेको भन्दै आपले शनिबार सीबीआईको त्यो आरोप अस्वीकार गरेको हो ।

सिआईबीले पार्टीका प्रमुख अर्विन्द केजरीवालाई सुरुदेखि नै दिल्ली मदिरा नीतिको निर्माण र कार्यान्वयनको ‘अपराधिक षड्यन्त्रमा सामेल’ भनेको थियो।

एक वक्तव्यमा, पार्टीले केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपामाथि आप नेताहरूविरूद्ध ‘झूटा आरोपहरू’ लगाएको आरोप पनि लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

‘५०० जना साक्षीलाई सोधपुछ गर्दा र ५०,००० पृष्ठको दस्तावेज पेश गर्दा पनि एक रुपैयाँको भ्रष्टाचार कुनै पनि आप नेतामा फेला परेको छैन,’ वक्तव्यमा भनिएको छ – हामी दृढ रूपमा इमानदार पार्टी हौं। भाजपा र यसको निकायहरूले कुनै प्रमाण नभए पनि उनको (केजरीवालको) गिरफ्तारीलाई लामो समयसम्म लम्ब्याउन हरेक प्रयास गरिरहेका छन्। तर अन्तमा सत्यको विजय हुनेछ र अर्विन्द केजरीवाल चाँडै मुक्त हुनेछन् ।

दिल्लीका मुख्यमन्त्रीको नेतृत्वमा रहेको पार्टीले सर्वोच्च अदालत र प्रवर्तन निर्देशनालय (इडी) को ट्रायल अदालतले सीबीआईमाथि प्रश्न उठाएको पनि जनाएको छ । जसले यस केसमा पाँचौं र अन्तिम आरोपपत्रमा केजरीवालविरूद्ध आरोप लगाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register