भारतीय टेस्ट टोलीमा ऋषभ पन्तको पुनरागमन

काठमाडौं । विकेटकिपर ऋषभ पन्तले भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन् । उनले करिब २० महिनापछि टोलीमा पुनरागमन गरेका हुन् । अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा पन्तको नाम पनि समावेश गरिएको […]

Sep 9, 2024 - 11:43
 0
भारतीय टेस्ट टोलीमा ऋषभ पन्तको पुनरागमन

काठमाडौं । विकेटकिपर ऋषभ पन्तले भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन् । उनले करिब २० महिनापछि टोलीमा पुनरागमन गरेका हुन् ।

अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा पन्तको नाम पनि समावेश गरिएको छ । पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ ।

कार दुर्घटनामा भारतीय क्रिकेट खेलाडी ऋषभ पन्त गम्भीर घाइते

हालै दुलीप ट्रफीको रातो बलको ढाँचामा पन्तले पुनरागमन गरेका थिए । सन् २०२२ डिसेम्बर ३० मा सडक दुर्घटनामा पन्त गम्भीर घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register