अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर, २४ भदौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई [...] The post अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित appeared first on Jhapa Online.

Sep 9, 2024 - 11:52
 0
अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर, २४ भदौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए ।

यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने ।

यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई, दर्शन साह पराजित भएका छन् । महिला सहसचिवमा भने रविना चौधरी सर्वसम्मत चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा किर्तिका खनाललाई पराजित गर्दै शितल दर्नाल निर्वाचित भएकी छिन् ।

सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अवेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राती नै सार्वजनिक भएको हो । मोरङका १७ वटै पालिकाबाट सहभागी मतदाता १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । ५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनौट भने भएको छैन ।

The post अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register