स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गरेका छन् । सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द […]

Sep 9, 2024 - 11:59
 0
स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् ।

भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गरेका छन् ।

सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताएका थिए ।

“हामी एक साथ निष्पक्ष व्यापार व्यवस्थाको रक्षा गर्न पुलहरू निर्माण गर्न चाहन्छौं,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “यसले हाम्रो अर्थव्यवस्थालाई विकास गर्न र हाम्रा उद्योग र नागरिकलाई फाइदा पुर्‍याउँछ ।” सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जानुहुने कार्यक्रम रहेको छ । साङ्घाईमा उनले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङमा सोमबार आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबिचको ‘बलियो सम्बन्ध’को प्रशंसा गरे । उनले सोमबार नै सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियोमा भनेका छन्, “हामी हाम्रो अडान र पूर्णरुपमा मेल नखाने विषयमा पनि संवाद र सहकार्यमा संलग्न हुन रचनात्मक तत्परता देखाउने छौँ ।”

उनले भने, “हामी सकारात्मक एजेन्डा विकास गर्न र सबै पक्षलाई फाइदा हुने गरी सहमतिको समाधान खोज्न प्रतिबद्ध छौँ ।”

सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजिनेस एडभाइजरी काउन्सिल’का पदाधिकारीसँग भेटवार्ता गरेका थिए । काउन्सिल दुई देशबीचको ‘व्यापार र लगानी सम्बन्धलाई प्रगाढ बनाउने’ प्रयासको एक हिस्सा हो ।

भेटमा उनले भने, “हाम्रो उद्देश्य दुवै राष्ट्रलाई फाइदा पुर्‍याउने सम्मान र पारस्परिकतामा आधारित सन्तुलित सम्बन्धलाई बढावा दिनु हो ।” राष्ट्रपति सी चिनफिङ र शीर्ष सांसदहरूसँग अपराह्न भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको कार्यालयले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ ।

सन् २०२३ को मार्चमा चीनको हाइनान प्रान्तको डाभोसमा आयोजित बोआओ फोरममा भाग लिएका साञ्चेजले आफ्नो अन्तिम चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया स्पेनमा निर्वासनका लागि भागेको केही समयपछि प्रधानमन्त्री साञ्चेज बेइजिङ आइपुगेका हुन् ।

शनिबार समाजवादी पार्टीको बैठकमा सान्चेजले उरुटियालाई ‘एक नायक’को रूपमा वर्णन गर्दै उनलाई शरण दिने घोषणा गरेका थिए । भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार र बेइजिङबिच घनिष्ठ सम्बन्ध छ ।

सान्चेजको यो भ्रमण यूरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापार तनावको पृष्ठभूमिमा हुन लागेको हो ।

युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा अतिरिक्त ३६ प्रतिशतसम्म पाँच वर्षे आयात शुल्क लगाउने घोषणा गरेको थियो भने गत महिना बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको थियो ।

गत जुनमा बेइजिङले घरेलु उत्पादकहरूको तर्फबाट स्थानीय व्यापार समूहले पेश गरेको आवेदनको जवाफमा समूहबाट सुँगुरको मासु आयातमा एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको थियो ।

स्पेन चीनमा सुँगुरको मासुको आपूर्तिका लागि सबैभन्दा ठूलो निर्यातक हो । गत वर्ष चीनलाई पाँच लाख ६० हजार टनभन्दा बढी मासु बिक्री गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register