चितवनमा गगन ‘गर्जन’- कोही घण्टी बजाउँदै आऊन् तर, रुखको छहारी नै ठूलो हो

चितवन । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस जनताको पार्टी भएको बताएका छन् । सोमबार यहाँ आयोजित बीपी जन्मजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हिजो ठूला नेताहरूले पनि चितवन नै छान्नुहुन्थ्यो । किनकि यहाँ कांग्रेसको सङ्गठन व्यवस्थित छ । पार्टी तपाईंहरूले बनाउनुभएको छ । कांग्रेस जनताको पार्टी […]

Sep 9, 2024 - 12:07
 0
चितवनमा गगन ‘गर्जन’- कोही घण्टी बजाउँदै आऊन् तर, रुखको छहारी नै ठूलो हो

चितवन । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस जनताको पार्टी भएको बताएका छन् ।

सोमबार यहाँ आयोजित बीपी जन्मजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हिजो ठूला नेताहरूले पनि चितवन नै छान्नुहुन्थ्यो । किनकि यहाँ कांग्रेसको सङ्गठन व्यवस्थित छ । पार्टी तपाईंहरूले बनाउनुभएको छ । कांग्रेस जनताको पार्टी हो । यसलाई बर्कारार राख्नुहोला,” उनले भने ।

महामन्त्री थापाले चितवनमा पुन: पार्टीको शान फर्काउनुपर्ने बताए । “यहाँ कोही मादल बजाउँदै आए पनि आऊन्, घण्टी बजाउँदै आए पनि आऊन्, हँसिया हथौडा बजाउँदै आए पनि आऊन् । तर, रुखको छहारीभन्दा ठूलो केही छैन भन्ने कुरालाई पुनर्स्थापित गर्नुपर्छ,” उनले भने ।

पछिल्लो निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जितेका हुन् । रास्वपाको चुनाव चिह्न घण्टी हो । यही सन्दर्भ जोड्दै थापाले यस्तो भाषण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register