नक्कली प्रमाण पत्र पेस गरी  नियुक्ति लिएको आरोपमा सब-इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सब-इन्जिनियर पदमा कार्यरत लाल बहादुर विकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले विकले सब-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सब-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, […]

Sep 9, 2024 - 13:46
 0
नक्कली प्रमाण पत्र पेस गरी  नियुक्ति लिएको आरोपमा सब-इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सब-इन्जिनियर पदमा कार्यरत लाल बहादुर विकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विकले सब-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सब-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register