गौशाला बन्दै कृषि उपज राख्ने भद्रपुर शीतभण्डार

द्रोण अधिकारीभद्रपुर, २४ भदौ । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कुशल नेतृत्वको अभाव झेलिरहेको भद्रपुर नगरमा भौतिक उन्नतिका लागि अब्बल संरचनाको काम गर्न सक्ने शीतभण्डार निर्माण पूरा हुन नसकेको हो । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर [...] The post गौशाला बन्दै कृषि उपज राख्ने भद्रपुर शीतभण्डार appeared first on Jhapa Online.

Sep 9, 2024 - 13:48
 0
गौशाला बन्दै कृषि उपज राख्ने भद्रपुर शीतभण्डार

द्रोण अधिकारी
भद्रपुर, २४ भदौ ।
भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

कुशल नेतृत्वको अभाव झेलिरहेको भद्रपुर नगरमा भौतिक उन्नतिका लागि अब्बल संरचनाको काम गर्न सक्ने शीतभण्डार निर्माण पूरा हुन नसकेको हो । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप वजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि डेढ दशक लागिसकेको छ ।

स्थानीय सरकारको मातहतमा सञ्चालन अधिकार आउन सक्ने शीतभण्डारको अपनत्व समेत लिन नसकेको नगर सरकार पछिल्लो ४ वर्षयता भद्रपुर नयाँ बजार क्षेत्रका गाइ गोरू थुन्ने ठाउँका रूपमा परिणत भएको बेवारिसे अवस्थामा हेरेर बसेकोे छ । निर्माण प्रकृया शुरू हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा आएको पनि ७ वर्ष भइसकेको छ । निर्वाचित भएर आएका बखत निर्माणको काम थालनी हुने भन्दै फेसबुक मार्फत हुँकार पिट्ने नगर नेतृत्व अलपत्र शीतभण्डारको संरचातर्फ चासो देखाएको अवस्था छैन ।

जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकालको पनि दुई वर्ष पूरा भइसकेको छ । निर्माण सम्पन्न भएर उपकरण जडानको काम मात्र बााकी रहेको भनिएको शीतभण्डार सञ्चालनका लागि कुनै चासो देखाइएको छैन ।

कुल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनु पर्ने थियो । १४ वर्षे अवधि पूरा हुँदै गर्दा अहिलेसम्म निर्माणको काम सकिएको देखिदैन । यस विषयमा नगर प्रशासनले कुनै चासो राखेको अवस्था पनि छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे भएको नगरबासीको दुखेसो छ ।

भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर–१ (हाल भद्रपुर–५) स्थित नयाँ बजारमा मेची नदीको डिलमा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण सुरु भएको १४ वर्ष पूरा भइसकेको छ । ठेकेदारले बल्लतल्ल यस अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरिसकेको देखिन्छ । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि त्यसको प्राविधिक परीक्षण गरिएको छैन । ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी छन् । चार वर्ष अगाडिगृह मन्त्रलायले काम नगर्ने ठेकेदारलाई कारवाही सुरू गरेपछि ठेकेदार सोनी भण्डै तीन वर्ष अगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि काम भने केही पनि अगाडि बढेको छैन । गृहले कारवाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्र्किवहीन बनेको नगरपालिका श्रोतको दाबी छ । कोल्ड स्टोरेजमा केही महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिन्छ ।

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पुर्याउन नेपाल–भारतमैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार–हतार नेपाल–भारतमैत्री संघमा आबद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समाविष्ट गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए । उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकाय मार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले साविक भद्रपुर—१ मा रहेको गोविन्द सरियाको झण्डै एक विगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको थियो ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गराइ सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको दुई वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पुर्याउन सकेका छैनन् । केही वर्षयता भद्रपुर वजार दक्षिणका घरमा पालिएका मानिसका चौपाया राख्ने गौशाला बन्दै गएको देखिन्छ । सागसब्जी, फलफूल तथा तरकारी जन्य उत्पादनलाई बिग्रनबाट जोगाएर बेसिजनमा पनि बिक्री वितरण गर्न महत्वपूर्ण सहयोग पुग्ने शीतभण्डार निर्माण सम्पन्न हुने नहुने अनिश्चित देखिएको छ ।

The post गौशाला बन्दै कृषि उपज राख्ने भद्रपुर शीतभण्डार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register