वीपी जयन्ती : झापामा कहाँ कसरी मनाइयो

झापा, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ झापामा मनाइएको छ । नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिका तहमा विपी जयन्ती मनाइएको छ । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवम् जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी विपी जयन्ती मनाइएको हो । नेपाली [...] The post वीपी जयन्ती : झापामा कहाँ कसरी मनाइयो appeared first on Jhapa Online.

Sep 9, 2024 - 13:56
 0
वीपी जयन्ती : झापामा कहाँ कसरी मनाइयो

झापा, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ झापामा मनाइएको छ ।

नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिका तहमा विपी जयन्ती मनाइएको छ । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवम् जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी विपी जयन्ती मनाइएको हो ।

नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा झापाको भद्रपुर–१० स्थित वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, कार्यबाहक जिल्ला सभापति केशवराज पाण्डे, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली लगायत नेता–कार्यकर्ताहरुको टोलीले शालिकमा माल्र्यार्पण एवं विचार गोष्ठी सम्पन्न भएको हो । नगर सभापति राम कडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिको आयोजनामा भद्रपुरमा विचार गोष्ठी भएको छ । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्य र क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा विचार गोष्ठी सम्पन्न भएको हो ।

सोही अवसरमा कनकार्इ नगरपालिका–५ मा रहेको वीपीको शालिकमा माल्यार्पण एवम् विचार गोष्ठी भएको छ । कांग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईको सभापतित्व र महासमिति सदस्य एकराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगरका उपमेयर आशा शर्मा शिवाकोटी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कविता बस्नेत, कनकाई ८ नं वडाध्यक्ष लिलाबहादुर कटुवाल, नेकपा एमालेका प्रतिनिधि पुण्य ओझा लगायतले मन्तब्य राख्नुभएको थियो । दिपक खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत याम फुयालले गर्नुभएको थियो ।

नेपाली कांग्रेस बिर्तामोड नगर समितिको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रम नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पार्टीका कार्यबाहक नगर सभापति सूर्य कन्दङवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले मन्तब्य राख्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेलले विपीको ब्यक्तित्व समेटिएको कविता प्रस्तुत गर्नुभएको कार्यक्रममा राजकुमार राजवंशीले स्वागत गर्नुभएको थियो भने सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।

यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको आयोजनामा पार्टीको नगर कार्यालय प्राङ्गणमा बृक्षरोपण एवं विचार गोष्ठी कात्र्यक्रम सम्पन्न भएको छ । हेमराज खरेलको सभापतित्व र नेपाली कांग्रेस कोशी प्रदेस समिति सदस्य राजकुमार बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, महासमिति सदस्य सिता पौडेल, प्रदेशसभा ख का सभापति किरण श्रेष्ठ, कुमार भट्टराई लगायतले मन्तब्य राख्नुभएको जयकुमार दाहालले जानकारी दिनुभयो ।

पार्टीका तर्फबाट निर्वाचित पूर्व अर्जुनधारा गाविस अध्यक्ष एवं पूर्व महाधिवेशन प्रतिनिधि मित्रसेन भट्टराईलाई सम्मान गरिएको कार्यक्रममा स्वागत उपसभापति प्रशान्त भण्डारी र सञ्चालन मेदनी गुरागाईले गर्नुभएको थियो ।

वी।पी। जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्ति इकाई समितिको संयुक्त आयोजनामा साहित्य गोष्ठी सम्पन्न भएको छ । बुद्धशान्तिभित्रका कक्षा ११ र १२ कक्षाका विद्यार्थी सहभागी गोष्ठीमा कर्णाली एजुकेशन फाउण्डेशन प्रथम, बुद्ध आदर्श उच्च मावि द्वितीय र गडीगाउँ उच्च मावि तृतीय भएका थिए ।

नेविसंघ इकाइ समिति सभापति उमेश भट्टराईको सभापतित्व र पार्टीका गाउँ सभापति चक्र शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्जय निरौला, छत्र कार्की, जयराज भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।

यही सन्दर्भ पारेर सहारा कोही नभएकी बुद्धशान्ति–७ निवासी भिमसेनी बोजु उपनामले परिचित ८२ बर्षीया शावित्रा राईलाई नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समिति र नेपाल तरुण दलले खाद्यान्न, नगद सहयोग गर्नुका साथै आधारभूत आवश्यकता मानिने खानेपानी र शौचालयको ब्यवस्था गरिदिएको छ ।

स्थानीय खानेपानी उपभोक्ता समितिसँगको सहकार्यमा आजै उहाँको घरमा धारा जडान गरिएको र शौचालय निर्माण गरिएको गाउँ सभापति शेर्माले जानकारी दिनुभयो । सो क्रममा बृद्धा राईका लागि एकमहिनालाई पुग्ने खाद्यान्न सामग्री एवं पाँचहजार रुपैयाँ नगद सहयोगस्वरुप हस्तान्तरण गरिएको बताइएको छ । नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, तरुण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङ, शेरबहादुर राय, वडा सभापति दिपेन लावती लगायतको टोलीले बृद्धालाई सहयोग हस्तान्तरण गरेको हो ।

यसैगरी शिवसतासी नगर समितिले नगरको १० नम्बर वडामा रहेको लक्ष्मीनारायण मन्दिर माइधारमा अध्ययनरत बटुक एवं संरक्षित बृद्धबृद्धा गरी ६० बढीलाई एकछाकको भोजन गराउनुका साथै एवं फलफुल वितरण गरेको छ । नगर सभापति अशोक बस्नेतको सभापतित्व र पूर्व जिल्ला सचिव भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सन्तोषकुमार मेनेङवो, पर्शुराम ढुङ्गाना, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल लगायतले मन्तब्य राख्नुभएको थियो । नगर सभापति बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन होम दुलालले गर्नुभएको थियो ।

यसैगरी वि।पी। जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस मेचीनगर समितिले विचार गोष्ठी सम्पन्न गरेको छ । कोशी प्रदेश समितिका सदस्य विमल आचार्यको प्रमुख आतिथ्य एवं नगर सभापति सुदय पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला उपसभापति राम कट्टेल, ताराविर कटुवाल, लोकराज ढकाल, इन्द्र बुढाथोकी, शोभा श्रेष्ठ नेम्बाङ, मणिकुमार उप्रेती, निरज घिमिरे, हर्क फियाक, दुर्गा सापकोटा, दुर्गादेवी खतिवडालगायतले मन्तब्य राख्नुभयो । भलाकाजी खत्रीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन मनोज घिमिरे र मुकेश लिम्बुले संयुक्त रुपमा गर्नुभएको थियो ।

गौरीगञ्जमा जेष्ठ नागरिक सम्मान एवम् विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । ६ वटा वडाका जेष्ठ ६ जना र एक महिलासहित सातजनालाई सम्मान गरिएको कार्यक्रम गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

गाउँ सभापति अघनुप्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मखना महतो, आत्माराम राजवंशी लगायतले मन्तब्य राख्नुभएको थियो भने सञ्चालन राजेन्द्र ताजपुरियाले गर्नुभएको थियो ।

दमकमा नगर पार्टी कार्यालय सरसफाई, झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस दमक नगर समितिको समन्वय र ५ नम्बर वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयमा राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा झण्डोत्तोलन गरिएको हो । वडा सभापति चैतन्य बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वि।पी।को ब्यक्तित्व एवं जीवनीबारे नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराइले प्रकाश पार्नुभएको थियो ।

कांग्रेस झापा गाउँ समितिले वडा नं–३ स्थित सिमलवाडी निमाविको प्राङगढमा चारसय बढी विभिन्न जातका विरुवा रोपेको छ । गाउँ सभापति सागिरथ गणेशको सभापतित्व र ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँ पालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया, शिव कडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल लगायतले मन्तब्य राख्नुभयो । कार्यक्रममा रामनाथ गणेशले स्वागत र कुमार गणेशले सञ्चालन गर्नुभएको थियो ।

कमल गाउँपालिकाले विचार गोष्ठी एवं स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शेरबहादुर भट्टराई, ढुण्डिराज भण्डारी, पालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, विरबहादुर प्रसाई लगायतले मन्तब्य राख्नुभएको थियो । गाउँ सभापति खगेन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुकुन्द उप्रेतीले गर्नुभएको थियो ।

The post वीपी जयन्ती : झापामा कहाँ कसरी मनाइयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register