आठ वर्षपछि ‘मंगोलियन हार्ट’को धमाकेदार कन्सर्ट हङकङमा

काठमाडौं । चर्चित संगीत ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा पुनः कन्सर्ट गर्न गइरहेको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधाबीमा सफल कार्यक्रमपछि अब मंगोलियन हार्टले आगामी सेप्टेम्बर १५ मा हङकङको युन लोङ थिएटरमा वृहत कन्सर्ट गर्ने तयारी गरेको छ । ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबी लामाले आठ वर्षपछि हङकङमा फेरि कन्सर्ट गर्ने अवसर मिलेकाले […]

Sep 9, 2024 - 14:03
 0
आठ वर्षपछि ‘मंगोलियन हार्ट’को धमाकेदार कन्सर्ट हङकङमा

काठमाडौं । चर्चित संगीत ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा पुनः कन्सर्ट गर्न गइरहेको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधाबीमा सफल कार्यक्रमपछि अब मंगोलियन हार्टले आगामी सेप्टेम्बर १५ मा हङकङको युन लोङ थिएटरमा वृहत कन्सर्ट गर्ने तयारी गरेको छ ।

ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबी लामाले आठ वर्षपछि हङकङमा फेरि कन्सर्ट गर्ने अवसर मिलेकाले विशेष तयारी भइरहेको बताए ।

“८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको अत्यधिक माया पाएका थियौं,” उनले भने, “फेरि त्यो प्रेमिल माहोललाई पुनः अनुभव गर्न पाउँदा उत्साहित छौं । हङकङवासीलाई पुराना र नयाँ गीतको संगमसहित मनोरञ्जन दिनेछौं ।”

१९९२ मा स्थापना भएको यो ब्यान्ड लोक, स्लो रक, पप मेलोडीका लागि प्रसिद्ध छ। ब्यान्डका गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन, र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’ जस्ता गीतहरूले मंगोलियन हार्टलाई सांगीतिक क्षेत्रमा लोकप्रिय बनाएको छ ।

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोष पुन, र आस्मा विश्वकर्मा पनि कार्यक्रममा प्रस्तुति दिनेछन् । सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टोली आगामी आइतबार, सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register