मेची ट्रान्सपोर्ट झापा अध्यक्षमा ढकाल सर्वसम्मत

बिर्तामोड, २४ भदौ । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ । आज बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिवमा श्याम प्रसाई, सचिबमा [...] The post मेची ट्रान्सपोर्ट झापा अध्यक्षमा ढकाल सर्वसम्मत appeared first on Jhapa Online.

Sep 9, 2024 - 14:40
 0
मेची ट्रान्सपोर्ट झापा अध्यक्षमा ढकाल सर्वसम्मत

बिर्तामोड, २४ भदौ । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ ।

आज बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिवमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह(सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सहकोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ ।

यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ । ढुवानी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष माधव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वसम्मत नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएर निर्वाचन समितिका अधिकृत रुद्रप्रसाद भुर्तेलले प्रमाणपत्र प्रदान गर्नु भयो ।

The post मेची ट्रान्सपोर्ट झापा अध्यक्षमा ढकाल सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register