कठोर अभ्यासका लागि नेपाली सेनाको टोली लन्डनमा

लन्डन —नेपाली सेनाको टोली विश्वप्रख्यात एवं कठोर मानिने एक अभ्यासका लागि सोमबार राती लन्डन आइपुगेको छ । नेपाली सेनाका १० जनाको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरे ।   टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आएको हो ।  उक्त अभ्यास […]

Sep 9, 2024 - 23:25
 0
कठोर अभ्यासका लागि नेपाली सेनाको टोली लन्डनमा


लन्डन —नेपाली सेनाको टोली विश्वप्रख्यात एवं कठोर मानिने एक अभ्यासका लागि सोमबार राती लन्डन आइपुगेको छ ।

नेपाली सेनाका १० जनाको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरे ।  

टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आएको हो । 

उक्त अभ्यास आगामी महिना ४ देखि १३ अक्टोबरसम्म चल्नेछ ।

यो ब्रिटिस सेनाको प्रमुख पट्रोल इभेन्ट मानिन्छ जुन मुख्यालय १६० औं वेल्स ब्रिगेडले आयोजना गरेको हो । गत वर्ष २०२३ मा ११३ टिमले यस अभ्यासका लागि आवेदन दिएका थिए, जसमध्ये ३८ वटा टिम अन्तर्राष्ट्रिय थिए ।

ब्रिटिस सेनाले यसको उद्देश्य परिचालन क्षमता वृद्धि गर्न चुनौतीपूर्ण विश्वस्तरिय गस्ती अभ्यास प्रदान गर्नु रहेको जनाएको छ ।

क्याम्ब्रियन पेट्रोल आवेदन छनोट भएका सबै तीन सेवा (नियमित र रिजर्भ बल) एवं विदेशी सैन्य एकाइहरुबीच वार्षिक रूपमा सञ्चालन गरिन्छ । अभ्यास ४८ घण्टाका दरले आठ चरणमा १० दिनसम्म हुनेछ । प्रत्येक गस्तीले लगभग ६० किलोमिटर (औसत आरोहण र अवतरण एक हजार मिटर बढी) कभर गर्नेछ र प्रति व्यक्तिले ३५ किलो तौल बोक्नेछन् ।

अभ्यास ज्यादै कठोर हुने भएकाले सबै सहभागी मानसिक र शारीरिक दुवै रूपमा चुनौती सामना गर्न तयार हुनुपर्ने ब्रिटिश सेनाको भनाइ छ । गत वर्ष नेपाली सेनाले यो अभ्यासमा रजत पदक जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register