इजरायलले सिरियामा हवाई हमला गर्दा १६ जनाको मृत्यु, ३६ घाइते

झापा, २५ भदौ । इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ। जसमध्ये ६ जना गम्भीर घाइते छन्। बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै [...] The post इजरायलले सिरियामा हवाई हमला गर्दा १६ जनाको मृत्यु, ३६ घाइते appeared first on Jhapa Online.

Sep 10, 2024 - 02:56
 0
इजरायलले सिरियामा हवाई हमला गर्दा १६ जनाको मृत्यु, ३६ घाइते

झापा, २५ भदौ । इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ। जसमध्ये ६ जना गम्भीर घाइते छन्। बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै प्रतिक्रिया नदिने बताएको छ।

सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ। इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ। इजरायलले पछिल्ला केही वर्षमा सिरियामा आक्रमण गरेको कुरा धेरैपटक स्वीकार गरेको छ।

The post इजरायलले सिरियामा हवाई हमला गर्दा १६ जनाको मृत्यु, ३६ घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register