बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट

बिर्तामोड, २५ भदौ । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ । झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । [...] The post बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट appeared first on Jhapa Online.

Sep 10, 2024 - 03:00
 0
बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट

बिर्तामोड, २५ भदौ । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ ।

झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड–६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । त्यस्तै, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय अरुण राई, सोही स्थानका १७ वर्षीय सबिन तामाङ र बिर्तामोड–४ का १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एउटा फलामको कत्ती, एउटा फलामको रडको रोल बरामद भएको छ । तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

The post बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register