भद्रपुर नगरपालिका : प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति दिँदै

भद्रपुर, १५ भदौ । झापाको भद्रपुर नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्नेहरुलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ । आव २०८१÷०८२ को स्वीकृत छात्रवृत्ति कार्यक्रम अन्र्तगत नगरपालिका भित्र स्थायी बसोबास रही कृषि, पशु, वन विज्ञान, स्वास्थ्य तथा इञ्जिनियरिङ्ग जस्ता प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले [...] The post भद्रपुर नगरपालिका : प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति दिँदै appeared first on Jhapa Online.

Aug 31, 2024 - 03:33
 0
भद्रपुर नगरपालिका : प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति दिँदै

भद्रपुर, १५ भदौ । झापाको भद्रपुर नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्नेहरुलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ । आव २०८१÷०८२ को स्वीकृत छात्रवृत्ति कार्यक्रम अन्र्तगत नगरपालिका भित्र स्थायी बसोबास रही कृषि, पशु, वन विज्ञान, स्वास्थ्य तथा इञ्जिनियरिङ्ग जस्ता प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

नगरपालिकाको छात्रवृत्तिमा प्राविधिक शिक्षा उपलब्ध गराउन बनाइएको कार्यविधि, २०७९ बमोजिम विभिन्न क्षेत्र र वर्गमा छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो ।

गत भदौ ९ गते सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फाराम भरेर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।

के–के चाहिन्छ फारम भर्न ?
छात्रवृत्ति फारम भर्न नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयले स्थायी बसोबास रहेको भनि गरेको सिफारिस, अपाङ्गताको हकमा अपाङ्गता परिचय पत्रको प्रतिलिपि, सहिद, बेपत्ता पारिएको परिवार तथा बैदेशिक रोजगारीका क्रममा मृत्यु भएको कामदारको परिवारका हकमा प्रमाण खुल्ने कागजात, आदिवासी, जनजाती, मधेसी, दलित, पिछडा वर्ग, मुस्लिम, लोपोन्मुख भएमा त्यसको प्रमाण खुल्ने कागजात, गरिब तथा विपन्न र अभिभावक गुमाएको परिवारको भएमा सम्बन्धित वडाको सिफारिस र प्रवेश परीक्षा सम्पन्न भएको भए नतिजाको प्रमाण पत्र र प्रवेश परीक्षा सम्पन्न हुन बाँकी रहको भए आवेदन दिएको प्रमाण आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।

The post भद्रपुर नगरपालिका : प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति दिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register