लिग–२ मा प्रतिस्पर्धा गर्न क्यानडा जाने क्रिकेट टोलीको बिदाइ, धेरै खेल जित्न प्रयास गर्ने प्रशिक्षकको भनाई

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। मंगलबार बिहान आयोजना गरिएको कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानले क्यानडा भ्रमणमा जान लागेको नेपाली टोलीलाई बिदाइ गरेको हो । टोली आज बेलुका क्यानडा उड्ने छ । लिग–२ को यो चरणमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोर र श्रीलंका भ्रमणले आफ्नो […]

Sep 10, 2024 - 06:51
 0
लिग–२ मा प्रतिस्पर्धा गर्न क्यानडा जाने क्रिकेट टोलीको बिदाइ, धेरै खेल जित्न प्रयास गर्ने प्रशिक्षकको भनाई

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

मंगलबार बिहान आयोजना गरिएको कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानले क्यानडा भ्रमणमा जान लागेको नेपाली टोलीलाई बिदाइ गरेको हो ।

टोली आज बेलुका क्यानडा उड्ने छ । लिग–२ को यो चरणमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

बैंगलोर र श्रीलंका भ्रमणले आफ्नो स्तर थाहा पाएको र अझै धेरै मेहनत गर्न बाँकी भएको मुख्य प्रशिक्षक मोन्टी देशाईंले बताए । उनले टोलीले क्यानडा र अमेरिकामा राम्रो खेल प्रस्तुत गर्ने बताए । क्यानडालगत्तै नेपाली टोली अमेरिका जाने कार्यतालिका छ ।

मुख्य प्रशिक्षक देशाईंले भने, ‘क्यानडा र अमेरिकामा आफ्नो राष्ट्रलाई गर्वका साथ चिनाउने छौँ । यो भ्रमणमा धेरै जित हासिल गर्ने लक्ष्य रहेको छ । हार र जित हाम्रो हातमा नभए पनि ‘लाइन क्रस’ गर्न भने हामी प्रयास गर्नेछौँ ।’

कार्यक्रममा नेपाली टोलीको प्रतिनिधित्व गर्दै सन्दीप लामिछाने यो सिरिज खेलाडीको व्यक्तिगत क्षमता विकास गर्नका लागि मात्र नभई क्रिकेट टोलीको लागि नै महत्पूर्ण भएको बताए । केही खेल गुमाए पनि अन्य राष्ट्रमा गएर हाम्रो क्षमता देखाउने आत्मविश्वास अझैँ पनि कायम नै रहेको उनले बताए ।

क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

हालै क्यानडाको ग्लोबल जी–२० मा सहभागी भएका सन्दीपले क्यानडामा विकेट लिन गाह्रो भएको तथा बैंगलोर र श्रीलंकाको तयारीले टोलीलाई ब्याटिङमा सहयोग गर्ने बताए।

सोमबार क्यानले क्यानडा भ्रमणमा जाने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । क्यानडा भ्रमणमा जगत टमाटालाई कन्सल्टिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको क्यानका सचिव पारस खड्काले बताए ।

अभ्यासस्वरुप टोलीले क्यानडा–११ सँग पनि एउटा खेल खेल्ने खड्काले बताए। नेपाली टोली क्यानडाबाट नै अमेरिका जाने र लगभग २ महिना राष्ट्रिय टोली नेपाल बाहिर हुने उनले जानकारी दिए ।

एकदिवसीय सिरिज सिकिएलगत्तै नेपालले ओमान र क्यानडासँग त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्ने छ । टि ट्वान्टी सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

असोज १३ गते दोस्रो खेलमा नेपालले ओमानसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा असोज १५ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा असोज १६ गते नेपालले ओमानसँग खेल्नेछ ।

नेपालको टोली :

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ट्राभलिङ रिजर्भ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register